Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सन्राइज बैंकको सुनवल र लम्कि शाखाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सन्राइज बैंकको सुनवल र लम्कि शाखाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं, २० जेठ । सन्राइज बैंकको सुनवल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिका स्थित अस्थायी कोभिड अस्पताललाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवम् न्युनिकरणका लागि सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिकाद्वारा संचालित कोभिड अस्पताललाई उक्त सहयोग गरिएको बैंंकका सुनवल शाखा प्रबन्धकले जानकारी दिए ।

यसैगरी बैंकको लम्की शाखाले पनि गत शुक्रबार लम्की चुहा नगरपालिकाको स्वास्थ्य शाखा अन्र्तगत रहेको लम्कीचुहा अस्पताल र ईलाका प्रहरी कार्यालय लम्कीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । फिल्डमा गएर काम गर्न स्वास्थकर्र्मी र प्रहरीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले बंैकले लम्कीचुहा अस्पताल र ईलाका प्रहरी कार्यालय लम्कीलाई पिपिई सेट, पन्जा, सर्जिकल मास्क, फेस सिल्ड, सेनिटाईजर लगायतका स्वाथ्य समाग्री प्रदान गरिएको बैंकले जनाएको छ । बैंकको लम्की शाखा प्रबन्धक श्री मात्रिका खड्काले लम्की चुहा अस्पतालका प्रतिनिधि महेश विष्ट र ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

सन्राइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोगहरु गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x