Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

निषेधाज्ञायता भित्रियो रू. ४ अर्ब ४३ करोडको तयारी औषधि

निषेधाज्ञायता भित्रियो रू. ४ अर्ब ४३ करोडको तयारी औषधि

काठमाडौं, २० जेठ । नयाँ भेरियण्टसहितको कोरोनाको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न हाल मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । भयावह रूपमा फैलिएको कोरोनाले गम्भीर र अस्पताल भर्ना हुनुपर्ने संक्रमित बढ्दा यसको प्रभाव औषधिको आयातमा समेत परेको देखिन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बुधवारको तथ्यांकले निषेधाज्ञा शुरू भएयता हालसम्म करिब साढे ४ अर्बको तयारी औषधि आयात भएको देखाएको छ । निषेधाज्ञाको १ महिनामा कुल ४ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको तयारी औषधि आयात भएको हो, जसमा कोभिड उपचारसँग सम्बन्धित औषधिको हिस्सा सबैभन्दा बढी रहेको बताइएको छ ।

यसै अवधिमा औषधिको कच्चा पदार्थ पनि उच्च परिमाणमा आयात भएको छ । मन्त्रालयको तथ्यांक अनुसार वैशाख १६ देखि जेठ १८ गतेसम्ममा १ अर्ब २४ करोड १४ लाख रुपैयाँभन्दा बढीको औषधिको कच्चापदार्थ भित्रिएको छ । उक्त अवधिमा तयारी औषधि बुधवार एकै दिन १ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बराबरको आयात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x