Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

खाद्य र साल्ट ट्रेडिङबाट सामान किन्दा भोलीबाट २० प्रतिशत छुट

खाद्य र साल्ट ट्रेडिङबाट सामान किन्दा भोलीबाट २० प्रतिशत छुट

काठमाडौं, २० जेठ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडबाट निषेधाज्ञाभरी खाद्य सामाग्री खरिद गर्दा २० प्रतिशत छुट दिने व्यवस्था जेठ २१ गते (भोलि)बाट लागु हुने भएको छ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा निषेधाज्ञा अवधिभर यी कम्पनीहरुबाट खाद्य सामाग्री गरिद गर्दा २० प्रतिशत छुट दिने घोषणा गरेअनुसार खरिदकर्ताले भोलीबाट यो सुविधा पाउँने भएका हुन् ।

अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार मन्त्रालयले आवश्यक कार्यविधि बनाएर सम्बन्धित कार्यालयमा जानकारी गराइसकेको छ । आज बेलुकासम्ममा यी सम्बन्धित संस्थाले सबैलाई जानकारी दिनेछन् ।

सरकारले जेठ १५ गते नै यो घोषणा गरेपनि ६ दिनपछिबाट मात्र यो व्यवस्था कार्यान्वयनमा आउँन लागेको हो । बजेट भाषणमा यो व्यवस्था गरेपछि कार्यान्वयन भोलिपल्टबाट नै हुने आम जनमानसको विश्वास थियो । तर, त्यसो हुन सकेन ।

आज आधिकारीक रुपमा मन्त्रालयबाट पत्र आएपछि छुटको लिष्ट सार्वजनिक गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् । यसका लागि कति केजीसम्म खरिद गर्नेलाई २० प्रतिशत छुट दिने भन्ने आवश्यक मापदण्ड पनि बनाइने उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x