Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

महासंघको कोभिड स्वास्थ्य सहायता केन्द्रबाट तीन सय बढी संक्रमित लाभान्वित

महासंघको कोभिड स्वास्थ्य सहायता केन्द्रबाट तीन सय बढी संक्रमित लाभान्वित

काठमाडौं, २० जेठ । नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका तीन सयभन्दा बढी संक्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । महासंघले गत वैशाख २४ गतेदेखि कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो ।

महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा गत वैशाख २३ गते बसेको महासंघको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष ढकालको संयोजकत्वमा जैनभवन, क्षेत्रपाटी र पुलचोकमा आईसोलेशन सेन्टरको स्थापना गर्ने र स्वास्थ्य सहायता केन्द्रमार्फत सेवा दिने निर्णय गरेको थियो । सहायता केन्द्रअन्तर्गत कोभिड संक्रमण भई घरमा बस्न ठाउँ अभाव भएका परिवार तथा निम्न आय भएका मजदूरलगायतका बिरामी परिवारका सदस्यलाई खाना र औषधिको उचित व्यवस्थासहित उपत्यकाका तीन वटा स्थानमा केन्द्र सञ्चालन गरेर सेवा दिन थालिएको हो ।

यी सेवामा निःशुल्क औषधि उपचार र खानाको पनि प्रबन्ध गरिएको छ । साथै चिकित्सक, नर्स र स्वास्थ्यकर्मी ती आईसोलेशन सेन्टर र केन्द्रहरुमा २४ सै घण्टा उपलब्ध रहेका छन् । साथै आर्इसोलेशनमा बसेकाहरु एवं प्रत्यक्ष सम्पर्कमा आएका संक्रमितलाई आईसीयू, भेन्टिलेटर, अक्सिजन सेवाका साथै अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालमा सम्पर्क गरी आवश्यकतानुसार अस्पतलामा सुविधा उपलब्ध गराइएको छ । यसरी अउपलब्ध गराइएको सेवाबाट अहिलेसम्म तीन सयभन्दा बढी नागरिक प्रत्यक्षरूपमा लाभान्वित भएका महासंघले जनाएको छ।

त्यस्तै यस सहायता केन्द्रका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ढकालले आफूले निजीरूपमा क्षेत्रपाटीस्थित आईसोलेशन केन्द्रमा ३० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको र त्यसबाट ५० जनाभन्दा बढी संक्रमित लाभाविन्वत भएका पनि महासंघले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x