Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कांग्रेस नेता आचार्यबाट रसुवा र नुवाकोटका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

कांग्रेस नेता आचार्यबाट रसुवा र नुवाकोटका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

रसुवा, २० जेठ । विघटित प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मोहन आचार्यले रसुवा र नुवाकोटका तीन सरकारी अस्पताललाई भेन्टिलेटर सहितका अत्यावश्यक स्वास्थ्य सहायता सामग्री उपलब्ध गराएका छन् । विशेषगरी कोरोना रोगबाट संक्रमित बिरामीको उपचार सेवा प्रभावकारी बनाउने उद्देष्यले नेता आचार्यले बिहीवार रसुवाको जिल्ला अस्पताल धुन्चे र जिबजिबे ग्रामीण अस्पताललाई दुई–दुई थान भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

रसुवाका लागि नेता आचार्यले मिनी भेन्टिलेटर चार थान, अक्सिमिटर ३० थान, आधुनिक शय्या पाँच थान, सर्जिकल मास्क तीन हजार थान रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाललाई सामग्री हस्तान्तरण गरे । उक्त सहायता सामाग्री रू. १६ लाख बराबरको रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

उक्त अवसरमा कांग्रेस नेता आचार्यले कोरोना रोगको संक्रमण बढेसँगै जटिल प्रकृतिका बिरामीहरू देखिन थालेको र उपचारका लागि बाहिरी जिल्ला लैजानुपर्ने बाध्यता अन्त्य गराउन सहयोग पुग्ने विश्वास लिएको बताए । ‘रसुवामा रहेका विभिन्न पाँच वटा गाउँपालिकाका अध्यक्षहरूसँग समन्वय गरेर मागअनुसार नै उक्त सामग्री उपलब्ध गराइएको छ,’ उनले भने, ‘माग र आवश्यकता अनुसार अक्सिमिटर लगायत सामग्री सबै पालिकामा जिल्ला संकट व्यवस्थापन केन्द्रले वितरण गर्नेछ ।

यसैबीच, नेता आचार्यले बिहीवार नै त्रिशूली अस्पताल नुवाकोटलाई दुई थान मिनी भेन्टिलेटरसहित एक थान आइसियुमा प्रयोग हुने सामग्री (एभिजी) लगायतको स्वास्थ्य सहायता सामग्रि अस्पतालका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेलाई प्रदान गरेका छन् ।

चालू आर्थिक वर्षमा त्रिशूली अस्पतालका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रू. ४६ लाख रुपैयाँ समेत उनले उपलब्ध गराएका थिए । रसुवा र नुवाकोटका बिरामीको उपचार सेवा प्रभावकारी बनाउन सरकारी तथा व्यक्तिगत लगानीमा उनीमार्फत एम्बुलेन्स सेवा, स्वास्थ्यबीमा, स्वास्थ्य सहायता सामग्री लगायतको सहयोग हुँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x