Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाललाई कोभिडविरुद्धको खोप दिने अमेरिकाको घोषणा

नेपाललाई कोभिडविरुद्धको खोप दिने अमेरिकाको घोषणा

काठमाडौं, २० जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललगायत एशियाली मुलुकलाई कोभिड खोप सहयोग गर्ने घोषणा गरेका छन् । नेपालसहित एशियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोरोनाविरुद्धको खोप प्राप्त गर्ने अमेरिकी दूतावासले जानकारी दिएको छ ।

अमेरिकाले उपलब्ध गराउने उक्त परिमाणको खोपमध्ये नेपालले प्राप्त गर्ने परिमाण भने केही समयमै टुंगो लाग्ने उल्लेख गरिएको छ । गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी बाइडेनलाई पत्राचार गर्दै कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन विशेष पहल गर्न आग्रह गरेकी थिइन् ।

कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सिन पहुँचका लागि अमेरिकाले गरिरहेको विभिन्न सहयोगबारे उल्लेख गर्दै राष्ट्रपति बाइडेनले सबै मिलेर कोरोना भाइरसलाई पराजित गर्न सफल हुने अपेक्षा गरेको दूतावासले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x