प्रकृति ढुंगेल बनिन् ‘सेल्फी विथ डटर’ अभियानबाट सोसियल मिडिया स्टार
काठमाडौं, २० जेठ । ‘सेल्फी विद डटर’ अभियानबाट नेपालीकी प्रकृति ढुंगेल सोसियल मिडिया स्टार बन्न सफल भएकी छिन् । नेपालमा ‘सेल्फी विद डटर’ अभियान मार्च ९ मा सार्वजनिक गरिएको थियो, जसमा सयांै महिला यस कार्यक्रममा जोडिएका छन् ।
यसमा जोडिएर ढुंगेलले भारतको बीबीरपुर गाउँको मुखियाको घरमा छोरीको जन्म हुँदा समाजमा देखाइएको नकरात्मक सोचको कारण जोडेर ‘सेल्फी विथ डटर’को बारेमा भिडियो बनाइएकी थिइन् । सामाजिक कुरितीलाइ परिवर्तन गर्ने उक्त भिडियो अहिले टिक–टकमा ९७ लाखभन्दा बढीले हेरेका छन् र अहिले पनि #selfiewithdaughter टिकटकमा ट्रेन्डिङमा चलिरहेको छ ।
उक्त भिडियोमा उनले नेपालको कतिपय क्षेत्रमा महिलाको स्थिति अहिले पनि निकै दयनीय र यस विषयमा सरकारले कहिल्यै पनि कुनै किसिमको ठूलो सकारात्मक कदम नचालेको बताइन् । ‘मलाई आशा छ, जसरी भारतमा सेल्फी विथ डटरले गर्दा महिलाको जीवनमा सकारात्मक परिवर्तन आएको छ, त्यसैगरी नेपालमा पनि यो अभियानले कतै न कतै हाम्रो मुहारमा स्थायी खुशी लिएर आउनेछ,’ उनले भनिन् ।
सेल्फी विथ डटरका संस्थापक सुनील जागलानका अनुसार यो अभियानको मुख्य उदेश्य छोरीहरुलाई हरेक क्षेत्रमा सवल बनाएर उनीहरूको मुहारमा खुशी ल्याउनु हो । ‘यो अभियानमा जोडिएकी नेपालकी प्रकृतीले नेपालका छोरीहरुको समस्याको साथै सेल्फी विथ डटरलाई केही हदसम्म ती समस्याको समाधानको रूपमा प्रस्तुत गरेकी छिन्,’ उनले भने ।
नेपालमा जुन ९ तारिखमा ‘सेल्फी विथ डटर’ दिवसको रूपमा विभिन्न कार्यक्रम गर्दै उत्कृस्ट सेल्फीलाइ पुरस्कृत गर्ने कार्यक्रम रहेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष तथा कार्यक्रम संयोजक विक्रम श्रेष्ठले जानकारी दिए ।