Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सामाजिक सुरक्षा कोषबाट लाभ लिनको संख्या २ हजार ४६९

सामाजिक सुरक्षा कोषबाट लाभ लिनको संख्या २ हजार ४६९

काठमाडौं, २४ जेठ । सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताको आवद्धता सुस्त देखिएको छ । हालसम्म कोषमा आवद्ध हुने योगदानकर्ताको संख्या २ लाख ११ हजार पुगेको छ भने रोजगारदाताको संख्या १४ हजार मात्र रहेको छ । अझैपनि कतिपय बैंक तथा वित्त लगायतका अन्य संस्थाहरु कोषमा आवद्ध हुन आनाकानी गरिरहेको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म कोषबाट विभिन्न योजनाअन्तर्गत २ हजार ४६९ जनाले लाभ लिइरहेका छन् । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन योगदानकर्ता र रोजगारदातालाई विभिन्न समयमा ताकेता गर्दै आएपनि यसको महत्व बुझ्न नसक्दा कोषमा आवद्ध हुन नसकेको कार्यकारी निर्देशक ज्ञवाललीले बताए ।

यो योजनाअन्तर्गत ५ अर्ब ८३ करोड रुपैयाँ योगदान रकम कोषमा जम्मा भएको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x