Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

‘वाई वाइ ग्लोकल टिन हिरो नेपाल’ सातौं संस्करणका लागि आवेदन खुल्यो

‘वाई वाइ ग्लोकल टिन हिरो नेपाल’ सातौं संस्करणका लागि आवेदन खुल्यो


काठमाडौं, २९ जेठ । ‘ग्लोकल टीन हिरो नेपाल, २०२१’ सातौं संस्करणका लागि आवेदन खुलेको छ । ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १, २०२१ मा हुने अन्लाइन अवार्ड महोत्सवका लागि आवेदन खुला गरिएको हो ।

‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकलको एक कार्यक्रम हो । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो, जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्ने आयोजकले बताएको छ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका ६ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको आयोजकले दावी गरको छ भने ग्लोकल टिन हिरो ईन्डिया र श्रीलंकाबाट एकएक जना सम्मनित भएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ९१ जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरोलाई दक्षिण एसियली राष्ट्रबिच प्रचार गने लक्ष्य समेत लिएको आयोजकले जनाएको छ ।

सेप्टेम्बर १ मा ग्लोकल टिन हिरोे नेपाल अन्लाईन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अन्लाईननै सन्चालन हुनेछ ।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिबर्तनका नबिन आयाम बोकेका हुन्छन । सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिविन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले जततउकस्ररलभउब।िनयिअबतिभभलजभचय।अयm र मार्फत निःशुल्क आवेदन भर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x