युवा उद्यमी सम्मेलन सुरु, युवाहरुलाई उद्यमशिल बन्न अर्थमन्त्रीको सुझाव

काठमाडौं, १० चैत । नेपालस्थित भारतीय राजदूतावासले क्लक बि बिजनेशसँगको साझेदारीमा काठमाडौंमा आज देखि अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन सुरु भएको छ। नेपाल र भारतका युवा उद्यमी तथा युनिक आइडियामा सफल भएकाहरूबीच अनुभव साटासाट गराउने हेतुले सम्मेलन आयोजना गरिएको बताइएको छ।

सम्मेलनको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गरे । कार्यक्रममा उनले नयाँ पिढिका युवाहरुलाई उद्यमी बन्न प्रशस्त अवसर रहने बताए । जोखिम मोलेरै भएपनि उद्यमी बन्ने साहस राखे धेरै सम्भावना रहेको भन्दै उनले युवाहरुलाई प्रोत्साहन पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *