मेगा बैंकबाट फोनबाटै २ लाखसम्मको कर्जा पाइने

काठमाडौं, ७ असार । मेगा बैंक नेपालले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्धेश्यले मेगा बैंकले एफ वान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो ।

यस सुविधा मार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ सम्म कर्जा वाउने छन् ।

बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *