सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न आभुषण महासंघ एक हुने

काठमाडौं, ११ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ एक हुने भएका छन् । राजधानीमा एक कार्यक्रमका बीच दुवै महासंघका अध्यक्षहरु मोहनकुमार सुनार र रमेश महर्जनले एक हुने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दुई महासंघका उच्चस्तरीय कार्यदलको बैठकले एकिकरण अपरिहार्य रहेको भन्दै देशैभरीका सम्बन्धीत व्यवसायीका संघसंस्थाहरुलाई समेट्नेगरी एकिकरण गरेर लैजाने प्रतिबद्धता जनाएका हुन ।सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्याहरुलाई दिर्घकालिनरुपमा समाधान गर्नका लागि पनि एकिकरण आवश्यक रहेको व्यवसायीहरुको ठहर छ । व्यवसायलाई उद्यम, व्यवसायकोरुपमा विस्तार एवं निर्यात प्रवद्र्धन, व्यवसायको स्तरोन्नती, राजश्वमा योगदान गर्दै अर्थतन्त्रको सुदृढ र दिगो विकासको लागि अब दुवै महासंघले एकिकृतरुपमा काम गर्ने पनि बताएका छन् ।

अबका दिनमा दुवै महासंघले यस क्षेत्रका जुनकुनै काम पनि संयुक्तरुपमा संचालन गर्ने जनाएका छन् । एकिकरण गर्ने सम्झौतामा हस्ताक्षर भएपनि कुन मितिमा दुई महासंघ एक हुने भन्नेबारे अझै खुलाईएको छैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *