Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बुटिक व्यवसायमा बढ्दो आकर्षण

बुटिक व्यवसायमा बढ्दो आकर्षण

मानमती पाण्डेय
काठमाडौं, ११ चैत । बजारमा बुटिक प्रणालीबाट तयार पारिएका पहिरनहरुको माग बढ्दो छ । नयाँ नयाँ डिजाइन र फेसन सुँहाउदो पहिरनको माग बढेसंगै नेपालमा पनि यो व्यवसाय पनि मौलाउदै गएको छ ।

पछिल्लो समय व्यवसाय गर्ने इच्छा भएका महिलाहरुका लागि यो राम्रो व्यवसायको रुपमा फस्टाएको छ । काठमाण्डौँमा मात्र नभइ फेसनको आधुनिक दँुनियामा रमाउन चाहाने युवा पुस्ता माझ देशभरीकै ठुला सहरहरुमा यो व्यवसाय राम्रैसँग फस्टाएको देखिन्छ । साडी, घाग्रा, लेहेङ्गा, कुर्तासुरुवाल आदिमा आकर्षक डिजाइनमा कोरिएका बुट्टाहरुले नेपालीको मात्र नभइ अस्टे«लीया, अमेरीका, मलेसीया हंकङजस्ता देशमा बस्दै आएका नेपालीहरुमा पनि बुटिक पहिरनको उतिकै आर्कषण देखिन्छ ।

२० बर्ष अघि बुटिक खोल्ने भन्दै भैरहवाबाट काठमाण्डौ आएकी निर्मला अधिकारीले त्यो बेला १३ हजार लगानी गरेर यो व्यवसाय सुरु गरेकी थिइन । अहिले उनी यही व्यवसायबाट ५ जनाको परिवार धानेकि छिन् । उनी आफुले तयार पारेका डीजाइन बिवाह, बतिबन्ध, पार्टी, जस्ता विभिन्न चाडपर्व र फेसन सोहरुमा जाने बताउछिन् । उनको बुटिकमा अहिले ५ हजार देखी लिएर ५० हजार सम्मका लेहेङ्गा, साडीहरु छन् । १३ हजारमा सुरु गरेको व्यापार अहिले २० लाख लगानी पुगिसकेको छ । जसबाट मासीक ४० हजार भन्दा माथि कमाइ हुने उनी बताउँछिन् ।

कुनै समय चाडबाड र उत्सवमा मात्र यस्ता पहिरनको प्रयोग गरिन्थो भने अहिले मौसम अनुसार बुटिक पहिरनहरुको माग बढ्दो छ । यो व्यवसायले नेपालीको रहन सहनमै ठुलो परिर्वतन ल्याइ दिएको उनले बताइन । पहिले बढि महंगो भएकाले बुटि प्रतिको आकर्षण निकै कम भएपनि अहिले यस प्रतिको आर्कषण बढेको छ । मौसम अनुसारका कलेक्सन र व्यक्तिका चाहाना अनुरुप डिजाइन गर्न सकेको हुनाले नै यो व्यवसाय फस्टाएको व्यापारीहरु बताउछन् ।

६ महिनाको तालीमले नै यो व्यवसाय गर्न सकिने भएकाले यो व्यवसाय महिलाको मात्र नभइ पुरुषको पनि रोजगारीको थलो बन्दै आएको छ । यसले असंख्य मानिसको जिवनस्तर उकास्नुका साथै आम जनताको माग पुरा गरेको छ । बढ्दो प्रतिस्प्रर्धाले बुटिकमा पनि आम उपभोक्ताको पँहुचलाई सरल र सहज बनाएको बताउछिन बुटिक व्यवसायी सहाना थापा । उनी पनि ९ बर्ष देखी यस व्यवसायलाई अँगाल्दै आएकी छिन् । ९ बर्ष अघि ५ लाख लगानी गरेर सुरु गरेको व्यापार अहिले २५ लाखको हाराहारीमा पुगे छ । निर्मलाको जस्तै उनको डिजाइनहरु पनि चाडपर्व र पार्टीमा मात्र प्रयोग नभइ फेसन सोहरुमा पनि प्रयोग भएको र यसले बुटिक व्यवसायलाई झनै प्रतिस्प्रर्धात्मक बनाएको अनुभव छ सहानाको । उनका बुटिकमा अहिले कम्तीमा १० हजार देखी बढिमा ८० हजारका लेहेङ्गा, साडी बिक्रिमा छन् ।

हरेक व्यवसाय जस्तै यसमा पनि चुनौतीहरु नभएका होइनन । बुटिकका नाममा खोलिएका रेडिमेट पसलले यस प्रतिको आर्कषण कम भएको उनीहरुको भनाई छ । बजारमा भनेजस्तो सामान उपलब्ध नहुनु र विशेष गरी कटिङ र स्टीचिङ गर्ने समस्या रहेको थापाले बताइन । ग्राहकहरुले पनि नेपाली डिजाइनरको भन्दा विदेशी डिजाइनरको माग गर्ने भएकाले दक्ष जनशक्तिको अभाव समेत यस क्षेत्रमा संलग्नहरुले भोग्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x