Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

खिम्ती २ जलविद्युत आयोजनामा चीनले करिब ९ अर्व लगानी गर्ने

खिम्ती २ जलविद्युत आयोजनामा चीनले करिब ९ अर्व लगानी गर्ने

काठमाडौं, १२ चैत । रामेछाप र दोलखाको सीमानामा पर्ने ४८.८ मेगावाट क्षमताको खिम्ती २ जलविद्युत् आयोजनामा चीनले करिब ९ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माणको अनुमति पाएको सो आयोजनामा चिनको चोङकिङ वाटर टर्वाइन वक्र्स कम्पनी (सिडब्लुटिडब्लु) ले ८ अर्ब ८० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

पिपुल्स इनर्जीले राजधानीमा एक कार्यक्रमको आयोजना गरिसिडब्लुटिडब्लुसँग निर्माण सकेर सञ्चालनमा आएको ७ सय दिनपछि मात्रै भुक्तानी लिने गरी निर्माण सम्झौता भएको जनाएको छ । कुल लागतको १० प्रतिशत अग्रिम लिएर चिनियाँ कम्पनीले आगामी बैशाख देखि इपीसीएफ मोडेलमा निर्माण सुरु गर्ने पिपुल्स इनर्जीका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।

तीन वर्षभित्र निर्माण सम्पन्न गरी २०७८ असारदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको उनले बताए । गत फागुन ३० गते लगानी सम्झौतामा हस्ताक्षर भएपनि सम्झौता पत्र साटासाट गर्न चिनियाँ टोली अर्को महिना नेपाल आउने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x