Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सेबोनद्वारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन : धितोपत्र दलालको नाम परिवर्तन गर्नुपर्ने

सेबोनद्वारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन : धितोपत्र दलालको नाम परिवर्तन गर्नुपर्ने

काठमाडौं, २५ असार । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्ने आगामी वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमका लागि धितोपत्र बजारसँग सम्बद्ध व्यक्तिहरुसँग सुझाव संकलन गरेको छ । बोर्डले शुक्रबार भर्चुअल माध्यमबाट एक कार्यक्रम आयोजना गरी सुझाव संकलन गरेको हो । सुझाव संकलनको क्रममा नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवात वहादुर कार्कीले धितोपत्र बजारलाई समय सान्दर्भिक बनाउँदै ल्यैजानु पर्ने बताए ।

त्यस्तै, धितोपत्र बजारमा प्रयोग हुँदै आएको धितोपत्र दलाल भन्ने शब्द हटाउँनु पर्ने धारणा कार्कीले राखे । उनले भने, ‘दलाल भन्ने शब्द नै अनौठो छ । सुन्दै कस्तो कस्तो लाग्ने शब्द छ । बजारमा पढेलेखेका जनशक्ति धेरै आइसकेका छन् । यो शब्दलाई हटाउँन बोर्डले नै भूमिका खेल्नु पर्छ ।’

त्यस्तै उनले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन ढिलाई भएकोमा चासो राख्दै तत्काल ब्रोकर लाइसेन्स दिनुपर्ने पनि बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x