Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

औद्योगिक ग्राम : ९ वटा स्थानीय तहले प्राप्त गरे दोस्रो किस्ताको रकम

औद्योगिक ग्राम : ९ वटा स्थानीय तहले प्राप्त गरे दोस्रो किस्ताको रकम

काठमाडौं, २५ असार । पहिलो किस्ता ९२ लाख रुपैयाँको काम सम्पन्न गरेर ९ वटा स्थानीय तहले दोस्रो किस्ताको रकम प्राप्त गरेका छन् । उद्योग मन्त्रालयका अनुसार २०७६ सालमा घोषणा भएका ४४ वटा औद्योगिक ग्राममध्येबाट ९ वटाले दोस्रो किस्ताको रकम प्राप्त गरेका हुन् ।

मन्त्रालयका अनुसार दोस्रो किस्ताको रकम प्राप्त गर्नेमा सर्लाहीको हरिवन नगरपालिका, दोलखाको भिमेश्वर नगरपालिका, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र स्वाङ्जाको वालिङ नगरपालिका रहेका छन् । त्यस्तै पर्वतको विहादी गाउँपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, नवलपरासी–बर्दघाट सुस्तापश्चिमको सनबल नगरपालिका, रुपन्देहीको सैनामैना नगरपालिका र बाँकेको खजुरा गाउँपालिकाले दोस्रो किस्ताको रकम प्राप्त गरेका हुन् ।

दोस्रो किस्ताका लागि प्रस्ताव ल्याउँने यी ९ वटै स्थानीय तहहरुले युुद्धस्तरमा काम गरेको मन्त्रालयले जनाएको छ । हालसम्म ८४ वटा स्थानीय तहले औद्योगिक ग्राम स्थापना गर्नका लागि स्वीकृति पाएका छन् । केही समयमा १० देखि १५ वटा औगोगिक ग्राम घोषणा गर्ने तयारीमा मन्त्रालय छ ।

यसैगरी स्थानीय तहलाई केन्द्रले उपलब्ध गराउने अनुदानबाट स्थानीय सरकारले औद्योगिक ग्राममा पूर्वाधार विकासका कार्यक्रम संचालन गर्न पाउँने व्यवस्था गरिएको छ । स्थानीय सरकारले त्यसअन्तर्गत सीमा पर्खाल, तारबार, पहुँचमार्ग, प्लट, ११ केभी विद्युुत् प्रसारण लाइन, सम्भव भएसम्म वैकल्पिक उर्जाको प्रयोग, गोदाम घर, पानीको आपूर्ति, फोहोर व्यवस्थापनजस्ता पूर्वाधार विकास गर्नुपर्ने छ ।

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम बाहिर सञ्चालनमा आएका उद्योगहरु औद्योगिक ग्राममा स्थानान्तरण भए उत्पादन सुरु गरेको ३ वर्षसम्म आय करमा ५० प्रतिशत छुट र त्यसपछिको ५ वर्षसम्म २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x