Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट

काठमाडौं, २ साउन । सानिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दराजबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । उक्त छुट सम्बन्धी सम्झौता पत्रमा बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमुका डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै अनलाइन सपिङ्गपोर्टल दराज केयमुसँगको सहकार्यमा छुट पाउने छन् ।

दराजको महाबचत बजार योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रूपैयाँसम्मको छुट प्राप्त गर्नेछन्।

क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजार प्राप्त गर्नसक्ने बताइएको छ । यो योजना साउन ३ गतेदेखि साउन ७ गतेसम्म लागू हुनेछ।

हाल सानिमा बैंकले ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटीएममार्फट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x