Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईसी एशिया क्यापिटल संचालक समितिको अध्यक्षमा कपिल ढकाल

एनआईसी एशिया क्यापिटल संचालक समितिको अध्यक्षमा कपिल ढकाल

काठमाडौं, २ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । कम्पनीको शुक्रबार सम्पन्न संचालक समितिको बैठकले साउन २ गते (आज) देखि लागु हुने गरि उनलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

ढकालसँग बैंकको उच्च व्यवस्थापन तहमा रहि १२ वर्ष भन्दा बढीको बैंकिङ्ग अनुभव रहेकोे छ । हाल उनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका छन् । उनको उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई नयाँ उचाई चुम्ने विश्वास क्यापिटलले लिएको छ ।

एनआईसी एशिया क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x