Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी ऐन ल्याउन व्यवसायीको प्रधानमन्त्री देउवालाई आग्रह

सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी ऐन ल्याउन व्यवसायीको प्रधानमन्त्री देउवालाई आग्रह

काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुले भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज विहान भएको भेटमा महासंघका पदाधिकारीहरुले सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रष्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाई उत्पन्न भएको भन्दै यथासिघ्र ऐन निर्माणकालागि सरकारको ध्यानाकर्षण गराएका हुन ।

भेटमा प्रधानमन्त्री देउवाले सुनचाँदी ब्यवसायी महासंघले राखेमा माग सम्वोधनगर्न पहल गर्ने आश्वासन दिए । उनले ब्यवसायीमाथि परेका समस्या समाधानगर्न सरकार सदैव तयार रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x