Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेप्से सामान्य अंकले घट्यो, १४ अर्ब १३ करोडको कारोबार

नेप्से सामान्य अंकले घट्यो, १४ अर्ब १३ करोडको कारोबार

काठमाडौं, ११ साउन । आइतबार ५४.३१ अंकले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको शेयर बजारमा सोमबार भने गिरावट आएको छ। सोमबार शेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेर ३०५०.४२ विन्दुमा झरेको छ ।

सेन्सेटिभ इन्डेक्स पनि २.९३ अंकले घटेको छ।

नेप्से घटेको दिन पनि कारोबार भने १४ अर्ब बढीको भएको छ। २ सय २३ कम्पनीको १४ अर्ब १३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कारोबारमा आएका १३ समूह मध्ये वाणिज्य बैंक, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको सूचक घटेको छ । अन्य समूहमा भने सुधार आएको छ।

यस्तै कारोबारको आधारमा नाङदी ग्रुप पावर कम्पनीको हिस्सा धेरै छ । यो कम्पनीको ३९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै सबैभन्दा धेरै कमाउँनेमा ग्रिनलाईफ हाइड्रोपाव, जानकी फाइनान्स, माउन्टेन हाइड्रो नेपाल, रिडी हाइड्रो र विशाल बजार कम्पनी रहेका छन् । यी सबै कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x