सानिमा लाईफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ साउन । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको । बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार अपरान्ह ३ः३० बजेसम्ममा १९ लाख १८ हजार ५ सय ५७ जना सर्वसाधारण लगानीकर्ताबाट आवेदन परपेको थियो ।

निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ । आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *