सञ्चार सचिवमा वैकुण्ठ अर्याल

काठमाडौं, २६ साउन । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई सञ्चारको जिम्मेवारी दिएको हो ।

यसअघिका सचिव हरिप्रसाद बस्यालले अवकाश पाएसँगै साउन ६ यता मन्त्रालय सचिव विहीन बनेको थियो । आर्यालले लामो समय अर्थमन्त्रालयमा रहेर काम गरेका थिए । अर्थबाट बढुवा हुने भएपछि वित्त आयोगमा कामु सचिव भएका अर्याल त्यहीँ छँदा सचिवमा बढुवा भएका थिए ।

वित्तबाट वाणिज्य सचिव हुँदै पछिल्लो समय उनी प्रधानमन्त्री कार्यालयमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *