Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुमारी बैंकको गत वर्ष २ अर्ब ११ लाख नाफा कमायो

कुमारी बैंकको गत वर्ष २ अर्ब ११ लाख नाफा कमायो

काठमाडौं, २८ साउन । गत आर्थिक वर्ष २०७७–०७८ मा कुमारी बैंकले २ अर्ब ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७२.७३ प्रतिशतले बढी हो ।

यस्तै बैंकको वितरणयोग्य नाफा पनि ५३.४९ प्रतिशतले बढेर १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । खुद ब्याज आम्दानी ४६.५६ प्रतिशतले बढेर ५ अर्ब २३ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६९.१५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड २० लाख रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x