१७ लाख नाघ्यो कर्जा खाता संख्या, मोबाइल बैंकिङ ग्राहक १ करोड ४२ लाख नजिक
काठमाडौं, १० भदौ । मुलुकमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा कर्जा खाता संख्या १७ नाघेको छ । राष्ट्र बैंकले सार्जजनिक गरेको गत आर्थिक वर्ष २०७७÷७८ को असारमम्मको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थामा गरी कुल कर्जा खाता १७ लाख २ हजार १९५ पुगेको छ ।
कर्जा खातामा वाणिज्य बैंकको हिस्सा सबैभन्दा बढी छ । सो अवधिमा २७ वाणिज्य बैंकमा मात्रै १३ लाख ६६ हजार ४४२ कर्जा खाता रहेका छन् । यस्तै १८ विकास बैंकमा गरी ३ लाख ६३१ र १७ वित्त कम्पनीमा ३५ हजार १२२ वटा कर्जा खाता रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
गत असार मसान्तसम्ममा मोबाइल बैंकिङका ग्राहक १ करोड ४१ लख ९४ हजार ८३९ पुगेका छन् । यस्तै इन्टरनेट बैंकिङका ग्राहक संख्या ११ लाख ६० हजार ३२१ रहेको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ८८ लाख ४९ हजार ८५५ वटा डेबिट कार्ड जारी भएका छन् । यस्तै वाणिज्य बैंकबाट १ लाख ९२ हजार ३७० वटा क्रेडिट कार्ड तथा ६५ हजार ७८६ वटा प्रिपेड कार्ड जारी भएको राष्ट्र बैंकको तथ्यांक छ ।