प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले लिए सपथ

काठमाडौं, १० भदौ । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएसँगै सपथ लिएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

आजै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *