Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ देखि हकप्रद शेयर जारी गर्ने

एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ देखि हकप्रद शेयर जारी गर्ने

काठमाडौं, ७ असोज । एक्सेल डेभलपमेन्ट बैंकले यही असोज २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

१०० रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद जारी गर्ने जनाइएको छ। उक्त हकप्रद निष्कासनका लागि बैंकले असोज १ गतेदेखि बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम यस बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयरको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x