नोटको हिफाजतपूर्ण तरिकाले प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध
काठमाडौं, ७ असोज । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज ४ देखि राष्ट्र बैंकको केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय एवम् बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयबाट नयाँ नोट सटही सुविधा दिएको छ । सर्वसाधारणले ५ देखि १ सय रुपैयाँसम्मको एक–एक बन्डल प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट पाउनेछन् ।
राष्ट्र बैंकले नोटको हिफाजतपूर्ण तरिकाले प्रयोग गर्न आमसर्वसाधारणलाई आग्रह गरेको छ। (थप भिडियो सामग्री)