वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा पैसा पठाउँदा चार सय रुपैयाँ बोनस पाइने

काठमाडौं, ११ असोज । दसैँको अवसर बेलायत, अष्ट्रेलिया लगायतका देशहरूबाट वर्ल्ड रेमिट मार्फत एनआइसी एशिया बैंक खातामा रकम पठाउँदा चार सय रुपैयाँ बोनस दिने भएको छ। यो योजना असोज ११ देखि कात्तिक १० सम्म लागू हुने बैंकले जनाएको छ।
यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिने जनाइएको छ । बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुने जनाइएको छ।