Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

‘युवासँंग –महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

‘युवासँंग –महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

काठमाडौं, १५ असोज । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “युवासँग–महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले युवाहरुबीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले विराटनगर र धनगढीमा उक्त शुक्रबार सम्पन्न गरेको हो ।

सिटी कलेज विराटनगरका प्रिन्सिपल तिर्थ राज घिमिरेको अध्यक्षतामा विराटनगरमा संचालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटि गठन गरिएको छ ।

त्यसै गरी आजै धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा पनि “युवा संग – महालक्ष्मी लाईफ“ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले प्रशिक्षण दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x