नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा श्रेष्ठ

काठमाडौं, १७ असोज । नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा व्यवसायी देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा टंक प्रसाद शेरचन, महासचिवमा ओम प्रकाश वंशल र सचिवमा दिपक कुमार फैंजु निर्वाचित भएका छन् । यस्तै, कोषाध्यक्षमा नरेशकुमार गोयल र सहकोषाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

देशभर खाद्यको आवश्यकता, सम्पूर्ण व्यवसायीको एकता भन्ने मूल नाराका साथ २०४७ सालमा स्थापना भएको यो संघले खाद्य एवं किराना तथा थोक व्यवसायीको हक हित तथा अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । आम उपभोक्तालाई सुपथ मूल्यमा सुलभ ढंगले दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन प्रतिबद्ध रहेको संघका अध्यक्ष श्रेष्ठले बताए । उनले उपभोग्य वस्तुको बिक्री वितरणका लागि राज्यले सहजीकरण गर्नुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *