ल्याटीन ए.बि.एस सिर्भिस सेन्टरमा मेघा बैंकका खातावाललाई ३० प्रतिशत छुट

काठमाडौं, १७ असोज । ल्याटीन ए.बि.एस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै मेगा बैंकका खातावाला कथा कर्मचारीका ३० प्रतिशत छुट योजना ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउने बताएको छ ।

कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको छ । कम्पनीले मेघा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *