Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आइतबार नेप्से परिसूचक ५५ अंकले घट्यो, सबै समूहको परिसूचक राताम्य

आइतबार नेप्से परिसूचक ५५ अंकले घट्यो, सबै समूहको परिसूचक राताम्य

काठमाडौं, १७ असोज । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ । दसैँ लागेसँगै लगानीकर्ताहरु खर्च जुटाउँन लाग्दा पनि बजार घटेको बताइएको छ । गत हप्तादेखि नै लगातार घटेको बजार आज ५५.९३ अंकले घटेर २५७७.४९ विन्दुमा रोकिएको हो । गत कारोबारको तुलनामा परिसूचक २.१२ प्रतिशतले घटेको छ । आज सेन्सेटिभ इन्डेक्स २.२३ प्रतिशतले घटेर ४८५.९८ विन्दु रोकिएको छ ।

२३२ धितोपत्रको ८९ लाख ४८ हजार कित्ता शेयर ४ अर्ब ११ करोड ३८ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य घट्नेमा गुहेश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, रइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड लगायतको भएको छ । यी दुई कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहकै परिसूचकमा कमी आएको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक ४.३३ प्रतिशतले घटेको छ । त्यस्तैगरी हाइड्रोपावर समूहको ३.९६ प्रतिशत र लगानी समूहको ३.८३ प्रतिशतले परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x