Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

वीरगञ्ज भन्सार : प्रमुख व्यापार साझेदार २७ मुलुकमध्ये २३ वटासँग घाटामा

वीरगञ्ज भन्सार : प्रमुख व्यापार साझेदार २७ मुलुकमध्ये २३ वटासँग घाटामा

काठमाडौं, १७ असोज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जबाट प्रमुख व्यापार साझेदार अधिकांश मुलुकसँग व्यापार घाटामा रहेको छ । चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा यस भन्सारबाट प्रमुख २७ मुलुकसँग भएकोमा वैदेशिक व्यापारमा २३ वटासँग घाटामा रहेको भन्सार कार्यालयकै तथ्यांकले देखाएको छ ।

उक्त अवधिमा चारवटा मुलुकसँग मात्र व्यापार नाफामा रहेको छ, जसमा स्वीडेन, नर्वे, बेलायत र अमेरिका रहेका छन् ।

सो भन्सारबाट भएको व्यापारमा भारतसँगको घाटा सबैभन्दा धेरै छ भने सबैभन्दा कम व्यापार घाटा मेक्सिकोसँग रहेको छ । सो अवधिमा वीरगञ्ज भन्सारबाट भारतसँगको व्यापार घाटा मात्रै ५५ अर्ब ७३ करोड रुपैयाँ बराबरको छ भने दक्षिण अमेरिकी मुलुक मेक्सिकोसँग समेत २३ लाख रुपैयाँको व्यापार घाटा रहेको छ ।

व्यापार घाटा धेरै भएका प्रमुख मुलुकहरूमा भारतपछि क्रमशः चीन, ब्राजिल, अस्ट्रेलिया, थाइल्याण्ड, कोरिया, जापान, जर्मनी, नेदरल्याण्ड्स र पोल्याण्ड रहेका छन् । त्यस्तै अन्य मुलुकहरूमा सिंगापुर, इजराइल, भियतनाम, यूएई, ताइवान, न्यूजील्याण्ड, क्यानडा, डेनमार्क, फ्रान्स, स्पेन, फिलिपिन्स र पाकिस्तान रहेका छन् ।

वीरगञ्ज भन्सारबाट आयात भएका प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ, मोटर, मेशिनरी पाट्र्स, खाद्यान्न लगायत छन् भने निकासी हुने मुख्य वस्तुहरूमा भटमासको प्रशोधित तेल, सूर्यमुखीको प्रशोधित तेल, फलफूलको जुस, सिन्थेटिक यार्न, गलैंचा, पश्मिना लगायत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x