इन्टरनेटको निर्वाध उपयोग गर्ने–गराउने व्यवस्था मिलाउन दूरसञ्चार प्राधिकरणको आग्रह
काठमाडौं, १७ असोज । नेपाल नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने–गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी अप्टिकल फाइवर काटी दिँदा धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको भन्दै इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने–गराउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
प्राधिकरणले आज विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडा दर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपालबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अप्टिल फाइबर नकाट्न आग्रह गरेको हो ।
‘अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध पारिएको छ दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ, यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण दुखः व्यक्त गर्छौ ।’ विज्ञप्तिमा उल्लेख छ ।