Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुन तोलामा पाँच सय रुपैयाँले बढ्यो

सुन तोलामा पाँच सय रुपैयाँले बढ्यो

काठमाडौं, २८ चैत्र । स्थानिय बजारमा बुधबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार स्थानिय बजारमा सुन प्रतितोला पाँच सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।

महासंघले जनाए अनुसार बुधबार स्थानिय बजारमा छापावाला सुन प्रतितोला ५८ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रति तोला ५८ हजार एक सय रुपैयाँमा कारोबार भएको छ । हिजो स्थानिय बजारमा छापावाला सुनको मुल्य ५७ हजार नौ सय रुपैयाँ र तेजाबी सुनको मुल्य ५७ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार स्थानिय बजारमा चाँदीको मुल्य प्रतितोला ७४० रुपैयाँ रहेकोमा बुधबार तोलामा ५ रुपैयाँ बढेर प्रतितोला ७४५ रुपैयाँ पुगेको छ ।

यो वर्ष सुनको मुल्य सबैभन्दा बढि ५८ हजार चार सय रुपैयाँ चैत्र ११, १२ र १३ गते पुगेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x