सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन
काठमाडौं, १ कात्तिक । नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको सोमवार निधन भएको छ । कोभिड संक्रमण भएपछि महर्जन एक साताअघि मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
महर्जनको शवलाई मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको परिवार स्रोतले बताएको छ ।
विवेकशील साझा पार्टीका नेता समेत रहेका महर्जन गत स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका मेयरमा उठेका थिए । मर्हजन आरबी डायमन्ड ज्वेलर्सका प्रबन्ध निर्देशक समेत रहेका उनको पत्नी, दुई छोरी र एक छोरा छन् ।