Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

पछिल्लो ३ महिनामा निगम ६ अर्ब घाटामा, आपूर्ति व्यवस्था प्रभावित हुन सक्ने

पछिल्लो ३ महिनामा निगम ६ अर्ब घाटामा, आपूर्ति व्यवस्था प्रभावित हुन सक्ने

काठमाडौं, २ कात्तिक । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै नेपाल आयल निगम पछिल्लो ३ महिनामा ६ अर्ब घाटामा रहेको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकासिँदा यसको प्रत्यक्ष निगमको विक्रीमा परेको छ ।

पछिल्लो पटक अक्टोबर १६ मा इण्डियन आयल कर्पाेरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ । गत असोज ३० गते आइओसीबाट प्राप्त खरिद मूल्यअनुसार निगमको पाक्षिक घाटा २ अर्ब २२ करोड नाघ्ने प्रक्षेपण गरिएको प्रवक्ता विनीतमणि उपाध्यायले बताएका छन् ।

आइओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७७ पैसाका साथै डिजेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर समान सात रुपैयाँ नौ पैसा वृद्धि भएको छ । अक्टोबर १६ मा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँ सात पैसा, डिजेल प्रतिलिटर ७८ रुपैयाँ २८ पैसा र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७३ रुपैयाँ २४ पैसा पुगेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर एक हजार ३७५ रुपैयाँ दुई पैसा कायमै छ । आइओसीले पछिल्लो १५ दिनमा एलपी ग्यासको मूल्य बढाएको छैन ।

निगमलाई मट्टितेलको बिक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रीबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ । १५ दिनमा पेट्रोल बिक्रीबाट ४० करोड ५३ लाख, डिजेल बिक्रीबाट एक अर्ब नौ करोड, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट ११ लाख र एलपी ग्यास बिक्रीबाट रु ७५ करोड ७० लाख गरी दुई अर्ब २२ करोड छ लाख घाटा हुने निगमको प्रक्षेपण छ ।

विश्व बजारमा भइरहेको इन्धनको मूल्य वृद्धिले निगमको घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ । विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरिद मूल्यमा भएको वृद्धिले चुनौती थपेको छ ।

निगम चर्काे घाटामा गइरहँदा पेट्रोलियम आपूर्तिमा व्यवधान खडा हुन सक्ने आशंका गरिएको छ । निगम लगातार घाटामा गइरहेको अवस्थामा यसले आपूर्ति व्यवस्थामा पनि असर पार्न सक्ने निगमका अधिकारीको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x