Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

लक्षित वर्गको ३३.५ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

लक्षित वर्गको ३३.५ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

काठमाडौं, २ कात्तिक । असोज मसान्तसम्ममा नेपालमा लक्षित वर्गको ३३.५ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप प्राप्त गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको तथ्यांकले लक्षित वर्गमध्ये ४२.२ प्रतिशतलाई पहिलो मात्रा र ३३.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको देखाएको छ ।

असोज मसान्तसम्ममा १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई अर्थात् लक्षित जनसंख्याको कम्तीमा पनि एक तिहाइलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो ।

मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले असोज मसान्तभित्र लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको जानकारी दिए । अब पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने मन्त्रालयको योजना रहेको छ ।

महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७१० मात्रा खोप नेपाल आइसकेको छ । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना ४० लाख र ६० लाख फाइजर खोप ल्याएर लगाउने तयारी गरेको छ । यस्तै चीनबाट भेरोसेल खोप यही अक्टोबरमा १६ लाख मात्रा र पुससम्ममा ५९ लाख ३६ हजार ४०० मात्रा ल्याउन लागिएको मन्त्रालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x