Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अनुपमा खुञ्जेली निजी क्षेत्रका वाणिज्य बैंकमा पहिलो महिला सीईओ

अनुपमा खुञ्जेली निजी क्षेत्रका वाणिज्य बैंकमा पहिलो महिला सीईओ

काठमाडौं, ३० चैत्र । मेगा बैंकले अनुपमा खुञ्जेलीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा बढुवा गरेको छ । बैंकको स्थापनाकालदेखि नै सीईओ रहेका अनिल केशरी शाहले नेपाल राष्ट्र बैंकको प्रावधान अनुरुप दुई कार्यकालको अवधि पुरा गरेर बाहिरिएपछि अनुपमालाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो । शाहले गत डिसेम्बरबाट मेगा बैक छाडेका हुन् ।
खुञ्जेली निजी क्षेत्रका वाणिज्य बैंकहरुमा पहिलो महिला सीईओ हुन् । सरकारी बैंकहरुतर्फ यसअघि नेपाल बैंकमा भवानी शर्माले महाप्रबन्धकको जिम्मेवारी सम्हालेकी थिइन् । बैंकका अध्यक्ष भोजबहादुर शाहले एक कार्यक्रमका बीच खुञ्जेलीलाई औपचारिक रुपमा सीईओको जिम्मेवारी सुम्पेको घोषणा गरेका छन् । सीईओ नियुक्त भएसँग खुञ्जेलीले सञ्चालक समिति समक्ष धन्यवाद व्यक्त गर्दै बैंकिङ क्षेत्रमा केही पृथक काम गर्नुपर्छ भन्ने सोचले अभिप्रेरित भएको उल्लेख गरेकी छिन् । आगामी दिनमा बैंकलाई सफल ढंगले अघि बढाउने कुरामा आफू विश्वस्त रहेको भन्दै उनले मेगा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उत्प्रेरित गर्दै अघि बढ्ने बताएकी छिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x