Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

सासो प्यारेण्ट स्टक चल्ला स्वदेशमै उत्पादन हुने

सासो प्यारेण्ट स्टक चल्ला स्वदेशमै उत्पादन हुने

काठमाडौं, ३० कात्तिक । क्वालिटी ह्याचरी प्रा.लि. ले मुलुकमै पहिलोपटक लोकल प्रजातिको प्यारेण्ट स्टक चल्ला उत्पादन गर्ने उद्देश्यले फ्रान्सबाट सासो ग्राण्ड प्यारेन्ट आयात गरेको छ । स्वदेशमै लोकल प्रजातिको सासो प्यारेण्ट स्टक चल्ला उत्पादन हुने भएपछि विदेशबाट प्यारेण्ट स्टक चल्ला आयात गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट मुक्त हुनुका साथै हाल बजारमा स्थानिय स्तरमा बिकास गरिएका लोक प्रजातिको प्यारेण्टबाट भन्दा बढी संख्यामा र गुणस्तरिय चल्ला उत्पादन भई ह्याचरी तथा कृषकहरु लाभान्वित हुने बताइएको छ ।

यस क्रममा फ्रान्सको सासोबाट नेपाल आउनु भएका उक्त कम्पनीका टेक्निकल डाईरेक्टर डा. एचविन बेलेकले काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भई विभिन्न ह्याचरी एवं कृषकहरुलाई सासो चल्लाको विविध पक्षबारे जानकारी गराइएको छ । कम्पनीले २०७९ बैशाख महिनाबाट प्यारेण्ट चल्ला उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *