Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

फोरजीको कार्यान्वयन तथा पहुँच विस्तारले बढ्यो टेलिकमको मुनाफा

फोरजीको कार्यान्वयन तथा पहुँच विस्तारले बढ्यो टेलिकमको मुनाफा

काठमाडौं, १ मंसिर । नेपाल टेलिकमले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार भएपछि गत आर्थिक वर्षको तुलनामा झण्डै ५० प्रतिशतले मुनाफा वृद्धि गरेको छ । गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ असोज मसान्त)मा खुद मुनाफा एक अर्ब ५१ करोड ७७ लाख रहेकोमा चालु आवको सोही अवधि (२०७८ असोज मसान्त)मा ७४ करोड २१ लाख अर्थात् ४८.९० प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड ९९ लाख चार हजार रहेको सो संस्थाले जनाएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार संस्थाको आर्थिक स्वास्थ्य सकारात्मक हुनुमा फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि भई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको हो ।

यसैगरी टुजी र थ्रिजी सेवाको पहुँच नपुगेका स्थानमा समेत फोरजीसम्मको सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको छ । कम्पनीको टिटिएच सेवा प्रतिग्राहकको आकर्षणमा वृद्धि भई एफटिटिएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपिटिभी सेवाका ग्राहक वृद्धि हुन गई फिक्स नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको अधिकारीले बताउनुभयो । अघिल्लो सरकारको कार्यकालमा देशभर फोरजी सेवा विस्तार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x