Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमा झीनो वृद्धि

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमा झीनो वृद्धि

काठमाडौं, १ मंसिर । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमा झीनो वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनका अनुसार सो अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १.२ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १७.२ प्रतिशतले बढेको छ ।

समीक्ष अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३४.४ प्रतिशत र ५०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ९.१ प्रतिशत, ३२.८ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो ।

गत असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाह?को कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४०.५ प्रतिशत रहेको छ । २०७७ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४३.२ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x