Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

बंगलादेशबाट रासायनिक मल ल्याउँदा १ अर्ब २२ करोड नाफा

बंगलादेशबाट रासायनिक मल ल्याउँदा १ अर्ब २२ करोड नाफा

काठमाडौं, ६ मंसिर । गतवर्ष नेपालमा बंगलादेशबाट रासायनिक मल ल्याउँदा सरकारलाई सवा अर्बभन्दा बढी नाफा भएको पाइएको छ । रासायनिक मलको अभाव भएको भन्दै सरकारले बंगलादेशबाट ५० हजार मेट्रिकटन युरिया मल खरिद गरेको थियो । सुरुआती चरणमा सापटीमा मल ल्याउने तयारी भए पनि अन्तिम समयमा सरकारले जीटूजीमार्फत मल खरिद गरेको थियो ।

पचास हजार मेट्रिकटन युरिया मल खरिद गर्दा सरकारलाई रु एक अर्ब २२ करोड बराबर नाफा भएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बंगलादेशबाट जीटुजीमार्फत प्रतिमेट्रिक टन ३४१ डलरमा रासायनिक मल ल्याएकोमा अहिले ९४८ डलर पुगेको बताए । हामीले बंगलादेशबाट मल ल्याउने सम्झौता गरेपछि मलको मूल्य बढ्न थालेको हो । बंगलादेशबाट मल आउन सुरु हुँदा नै प्रतिमेट्रिक टन ६७० अमेरिकी डलर पुगेको थियो ।

साल्ट ट्रेनिङ कर्पोरेशनले जेठमा डिएपी मल ल्याउन नसक्दा अभाव देखिएको जनाएको छ । कम्पनीले अन्तर्राष्ट्रिय रुपमा नै रासायनिक मलमा भएको मूल्य वृद्धिका कारण मल ल्याउन नसक्दा आलु र गहुँ रोप्ने समयमा मलकोे अभाव देखिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x