३२.२९ अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार

काठमाडौं, ७ मंसिर । साताको तेस्रो कारोबार दिन शेयर बजार ३२.२९ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १.१७ प्रतिशतले घटेर अंकमा २७३३.१४ आइपुगेको छ ।

मंगलवार २२६ कम्पनीको कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ५८ लाख रुपैयाँभन्दाको कारोबार भएको छ । यस दिन ठूला कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्स समेत ३.९८ अंकले घटेको छ । साथै अन्य समूह बाहेक सबै उपसूचकमा ह्रास आएको छ ।

यस दिन कारोबारमा आएकामध्ये सर्वाधिक नाफा कमाउनेमा मानुषी लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक शेयरमूल्य गुमाउनेमा आईसीएफसी फाइनान्स रहेको छ । कम्पनीको शेयरमूल्य ५.८४ प्रतिशतले घटेको छ ।

यस्तै कारोबारका आधारमा नेपाल टेलिकम अग्रस्थानमा छ । यस कम्पनीको शेयर ४१ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । सर्वाधिक कित्ता शेयर किनबेच हुनेमा पनि सोही कम्पनी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *