Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्रदेश २ का उद्योगको औसत क्षमता उपयोग बढ्यो

प्रदेश २ का उद्योगको औसत क्षमता उपयोग बढ्यो

काठमाडौं, ७ मंसिर । गत आर्थिक वर्षमा प्रदेश २ का उद्योगहरूकोे क्षमता उपयोग बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रदेश २’ले प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ५२.४७ प्रतिशत रहेको देखाएको हो ।

अघिल्लो वर्षमा औसत क्षमता उपयोग ४४.९० प्रतिशत रहेको थियो । समीक्षा वर्षमा उद्योगहरुको औसत क्षमता उपयोग वृद्धि हुनुमा औद्योगिक मजदुरहरुमा कोभिड–१९ विरुद्धको खोपको उपलव्धता हुनुको साथै सुरक्षा मापदण्डहरु अपनाई उद्योगहरु सञ्चालन रहनु रहेको छ ।

समीक्षा अवधिमा भटमास तेल उद्योगले सबैभन्दा बढी ९५.३५ प्रतिशत क्षमता उपयोग गरेको छ भने कागज उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.६८ प्रतिशत रहेको छ । कोभिड– १९ संक्रमणको कारण कागज उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ र कामदारको अभावको कारण क्षमता उपयोगमा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

सो वर्षमा अध्ययनले समेटेको यस प्रदेशका उद्योग मध्ये वनस्पति घिउ उत्पादन १६.९५ प्रतिशत, तोरीको तेल उत्पादन १०।२४ प्रतिशत, भटमासको तेल उत्पादन २८.५४ प्रतिशत, गहँुको पिठो उत्पादन ०.९६ प्रतिशत, पशुदाना उत्पादन ३०.४३ प्रतिशत, चिनी उत्पादन ३३.५८ प्रतिशत, मदिरा उत्पादन १६.९० प्रतिशत, हल्का पेय पदार्थ २१.३८ प्रतिशत, चुरोट ०.९७ प्रतिशत र धागो उत्पादन ११३.०३ प्रतिशतले बढेको छ ।

यसैगरी सिन्थेटिक कपडा ५२.९१ प्रतिशत, प्रशोधित छाला १२.४८ प्रतिशत, टयाबलेट उत्पादन ४४.०९ प्रतिशत, क्याप्सुल उत्पादन ४४.०४ प्रतिशत, ड्राई सिरफ उत्पादन २.९२ प्रतिशत, साबुन उत्पादन ८०.४४ प्रतिशत, सिमेन्ट उत्पादन २६.९४ प्रतिशत, फलामको छड तथा पत्ति उत्पादन २३.७६ प्रतिशत, जिआई तार उत्पादन ४४.०५ प्रतिशत, घरेलु धातुका सामान उत्पादनमा ६.०६ प्रतिशत, आल्मुनियम उत्पादन ९.६९ प्रतिशत, स्टिलजन्य उत्पादन ४.५४ प्रतिशतले वृद्धि भएको छ भने चामलको उत्पादन १७.५३ प्रतिशत, कागज उत्पादन ६९.८१ प्रतिशत, प्लाष्टिक सामान उत्पादन २६.६३ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x