Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

काठमाडौं, १० मंसिर । माछापुच्छ्रे बैंक लि.ले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरूको लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा।वीरेन्द्र प्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्त रुपमा रविन कटिङ उद्घाटन गरे ।

आगुन्तकहरूले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाइल फोन लकरमा सुरक्षित राखी निस्फिक्री भएर भ्रमण गर्न सकिनेछ । माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १५४ शाखा रहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२२ स्थानवाट १० लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x