सोझै खरीद गर्न सकिने २५ अर्बको ट्रेजर बिल्स जारी गरिँदै

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले आज (बिहीवार) नेपाल सरकारको २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रीमा ल्याउने भएको छ । आउँदो फागुन मसान्तसम्म भुक्तानी मिति भएका उक्त परिमाणको ट्रेजरी बिल्स सोझै खरिदका लागि बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले बताएको छ ।
उक्त ट्रेजरी बिलको बोलकबोल आज दिउँसो २ बजेतसम्म अनलाइनमार्पmत गर्नुपर्ने जारी सूचनामा उल्लेख छ, जस अनुसार यसको विक्री शुक्रवारदेखि हुनेछ ।
बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति यस बैंकमा विक्रीका लागि दाखिला गर्नुपर्ने छ र तोकिएको समय सीमाभित्र यस्ता ट्रेजरी बिल्स दाखिला नगर्ने काउण्टरपार्टीलाई बोल मूल्यको २.५० प्रतिशतका दरले हर्जाना सहित आगामी ६ महिनासम्म खुला बजार तथा ब्याजदर कोरिडोरसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाउन सकिने उल्लेख छ ।