Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

४ महिनामा डिजेल मात्रै ३४ अर्ब ३३ करोडभन्दा बढीको आयात

४ महिनामा डिजेल मात्रै ३४ अर्ब ३३ करोडभन्दा बढीको आयात

काठमाडौं, १६ मंसिर । मुलुकको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको छ । भन्सार विभागका अनुसार चालू आवको पहिलो चार महीनामा ३४ अर्ब ३३ करोड २१ लाख ९७ हजार ?पैयाँ बराबरको डिजेल आयात भएको देखिन्छ ।

सोही अवधिमा आयात भएको वस्तुमा भटमासको कच्चा तेल दोस्रोमा स्थानमा छ । नेपालमा व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुुनःनिर्यात गर्दै आएका छन् । चालू आवको पहिलो चार महीनामा करीब १७ करोड लिटरभन्दा बढी भटमासको तेल २७ अर्ब २२ करोड ७१ लाख ९५ हजार ?पैयाँ बराबरको आयात भएकोे छ ।

त्यस्तै टेलिफोन २० अर्ब ३५ करोड ८६ लाख १६ हजार, पाम आयल १९ अर्ब १७ करोड ५७ लाख २८ हजार र पेट्रोल १८ अर्ब ६६ करोड ६५ लाख ९४ हजारको आयात भएको विभागले जानकारी दिएको छ । नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ ।

विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार स्वदेशबाट २६ अर्ब ४० करोड ११ लाख एक हजार मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर भारतमा निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलले योगदान गरेको देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x