Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नाडा अध्यक्षमा थापा बिजयी

नाडा अध्यक्षमा थापा बिजयी

काठमाडौं, २४ मंसिर । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुब थापा निर्वाचित भएका छन् । थापाले प्रतिद्वन्द्वी करण चौधरीलाई ६६ मतले जितेर बिजयी भएका हुन् ।

अध्यक्ष बिजयी थापको १ हजार ४ सय १३ मत र प्रतिद्वन्द्वी चौधरीले १ हजार ३ सय ४७ मत पाएको नाडाको निर्वाचन आयोगले जनाएको छ ।

थापा र चौधरीले प्यानल नै बनाएर मत मागेकाले चौधरीको प्यानलबाट १२ जना विजयी भएका छन् भने थापाको प्यानलबाट ५ जना निर्वाचित भएका हुन् ।

आयोगका अनुसार चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिंहानिया, वरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई निर्वाचित भएका छन् ।

यस्तै थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन् ।

संघीय संरचना अनुसार नाडामा २ हजार २ सय नयाँ सदस्य भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x