Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सातै प्रदेशमा व्यावसायिक तथा शीप विकास तालिम केन्द्र विस्तार गरिँदै

सातै प्रदेशमा व्यावसायिक तथा शीप विकास तालिम केन्द्र विस्तार गरिँदै

काठमाडौं, २८ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गरिने बताएका छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको भैँसेपाटीमा पुननिर्मित भवनको उद्घाटन गर्दै उनले स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सीप तथा उद्यमशीलता अभिवृद्धिका लागि तालिम केन्द्र देशभर विस्तार गर्न लागिएको बताएका हुन् ।

मन्त्री श्रेष्ठले उत्पादनशील रोजगारीका अवसर अभिवृद्धि गरी नागरिकको जीवनस्तरमा सुधार, उच्च र दिगो आर्थिक विकासका लागि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र तत्कालै प्रदेशस्तरमा लगिने र स्थानीय तहसम्म विस्तार गरिने बताए । स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्यमशील, दक्ष, सीपयुक्त, श्रमशक्ति विकास गरी बेरोजगारी समस्या न्यूनीकरण गर्न तालिम केन्द्र विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका सबै समस्या समाधान गर्ने र रोजगारीका पर्याप्त अवसर सिर्जना गर्न आधार खडा गर्ने उनले बताए । वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणका लागि छुट्टै संयन्त्र निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x